विपक्षी दलहरुको अडान कायमै, बैठक फेरि स्थगित

काठमाडौँ- प्रतिनिधि सभा बैठक फेरि दोश्रो पटक स्थगित भएको छ ।
विपक्षी दलहरुले सरकारको तर्फबाट प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको हो ।

सरकारको नीति तथा कार्यक्रम अर्थमन्त्रीले टेबल गरेपनि जवाफ दिन वा संसदमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य भएको विपक्षीहरुको अडान छ ।

प्रतिनिधि सभाको आजको दोश्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई बैठकमा उपस्थित हुन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेको थियो ।

बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको हो ।

यसअघि पहिलो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको थियो तर करिब १ घण्टापछि मात्र सुरु भयो ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज सांसदहरुको जवाफ दिने भने पनि अन्तिम क्षणमा आएर आउन नसक्ने पत्र पठाउनुभएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.