रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गतेदखि चितवनमा हुने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो केन्द्रीय महाधिवेशन आगामी असार ७ गतेदखि चितवनमा हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको स्थापना दिवस पारेर पार्टीको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको रास्वपा नेता प्रकाशचन्द्र परियारले दिनुभयो ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले महाधिवेशनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

महाधिवशेनको मिति तय भएसँगै पार्टी केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण भएको उहाँले जानाकारी दिनुभयो ।

केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन गरेको छ ।

महाधिवेशनमा ७७ वटै जिल्लाबाट कम्तिमा २५ सय प्रतिनिधिहरु सहभागी हुने नेता परियारले बताउनुभयो ।

यसैगरी, पालिका अधिवेशन पनि आयोजना गर्ने तयारी भएको भन्दै उहाँले पालिका अधिवेशन हुन नसकेको खण्डमा अहिलेको पालिका संयोजक नै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएकोसमेत उल्लेख गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.