सिंहदरवारभित्र पुरानाका नाम मेटाउने र नयाँ मन्त्रालयको नाम लेख्ने काम धमाधम

काठमाडौँ- सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरवारमा नयाँ मन्त्रालयको नामसहिति आवश्यक तयारी सुरु भएको छ ।
यतिखेर पुराना गाभिएका मन्त्रालयको नाम मेटाउने र नयाँ मन्त्रालयको नाम लेख्ने काम धमाधम भइरहेको छ ।
सरकारले ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको सङ्ख्या घटेर १८ मा झरेको छ । यसअघि मन्त्रालयको संख्या २२ थियो ।
सरकारले कार्य विभाजन नियमावलीमार्फत साबिकका ८ मन्त्रालयलाई यथावत् राखेको छ भने केही मन्त्रालयलाई गाभेको छ । एउटा भने नयाँ मन्त्रालय बनाएको छ ।
मन्त्रालयको भवन व्यवस्थापन भइरहेको भएपनि पुरानै मन्त्रालयका फर्निचर र लेटरप्याडसमेत पुरानै प्रयोग गर्ने गरी काम भइरहेको छ ।
साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र सहरी विकास मन्त्रालयका भवन खाली भएका छन् । यी मन्त्रालय कुनै गाभिएका त कुनैको नाम परिवर्तन गरिएका हुन ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय भने नयाँ मन्त्रालय हो ।।






प्रतिक्रिया राख्नुहोस्