आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल भोलि पनि

काठमाडौँ- प्रतिनिधिसभाको भोलि (मङ्गलबार)को बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहनेछ ।

सो प्रस्तावमा आजदेखि सुरु भएको छलफलमा सदस्यहरूको बोल्ने क्रम आगामी बैठकमा पनि जारी रहने सभामुख डोलप्रसाद अर्यालले अवगत गराउनुभएको हो ।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री वाग्लेले जवाफ दिनुहुनेछ ।

सभाको अर्काे बैठक यही जेठ ५ गते मङ्गबार बिहान ११ बजे बस्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.