वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौँ- प्रतिनिधिसभा बैठकमावैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

अर्थमन्त्री डा वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ सदनमा दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक दफाबार छलफका लागि बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको थियो ।

उक्त विधेयकमाथि ६ वटा संशोधन परेको थियो । सांसदहरु लीमा अधिकारी आचार्य र सांसद गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो । अर्थमन्त्री डा वाग्लेले सांसदहरुले राखेको संशोधन सरकारले स्वीकार गर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १२ गते मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.