स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दाबढीलाई सेवा

सिराहा– महिलाहरूमा बढ्दै गएको जटिल स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै मिर्चेया नगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दा बढी महिलाको उत्साहजनक सहभागिता देखिएको छ।

३० वर्षदेखि ६० वर्षसम्मका महिलालाई लक्षित गरी आयोजना गरिएको शिविरमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या, Obstetric Fistula (प्रसूति फिस्टुला) तथा बाझोपन सम्बन्धी निःशुल्क परीक्षण, परामर्श र स्क्रिनिङ सेवा प्रदान गरिएको थियो। मिर्चेया अस्पतालमा बिहानैदेखि दिदीबहिनीहरूको बाक्लो उपस्थिति देखिएको थियो।

धेरै महिलाले पहिलो पटक यस्तो विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै नगरमा सहज रूपमा पाएको भन्दै खुसी व्यक्त गरेका थिए। मिर्चेया स्वास्थ्य शाखा प्रमुख राजन कुमार साहले महिलाहरूमा लुकेर रहेका रोग समयमै पहिचान गरी उपचारमा पहुँच बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार महिलाहरू स्वास्थ्यप्रति पहिले शिविरमा उत्साहजनक सहभा। चढी सचेत बन्दै गएकाले देखिएको हो।

“गम्भीर रोगलाई प्रारम्भिक अवस्थामै पहिचान गर्न सके उपचार सहज हने भएकाले यस्ता शिविर महिलाका लागि निकै प्रभावकारी बनेका छन्,” साहले बताउनुभयो। विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा धेरै महिलामा प्रारम्भिक अवस्थामै स्वास्थ्य समस्या पहिचान भएको जनाइएको छ। सहभागी महिलाहरूले गाउँ-नगरमै यस्ता सेवा उपलब्ध हुँदा ठूलो राहत महसुस भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.