प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ- प्रतिनिधि सभा बैठकमा विपक्षी राजनीतिक दलहरुले विपक्षी दलले सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान राख्दै अवरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेिएको छ ।

सभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयपश्चात प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलका सदस्यले आफ्नो आसनबाट उठेर विरोध सुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले ती दलका प्रतिनिधिलाई बोल्न दिएर नियमित कार्यसूची अघि बढाउनुभएको थियो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले प्रस्तुत गर्नुभएको ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सांसद अशोकुमार चौधरी, सुशील खड्का र जगदीश खरेलले भाग लिइरहँदासमेत विपक्षी दलको विरोध कायमै रह्यो ।

लगातार विरोध भएपछि सभामुख अर्यालले बैठक आजै १५ मिनेटका लागि स्थगन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.