प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुनुहुन्छ : मुख्य सचेतक बुर्लाकोटी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर मुख्य सचेतक बुर्लाकोटीले सो कुराको जानकारी गराउनुभयो ।

तत्पश्चात नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको उल्लेख गर्दै सदन सरकारको प्रशंसा गर्ने थलो बन्न सक्ने जिकिर गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालले प्रधानमन्त्री संसद्मा उपस्थित हुने सम्बन्धमा सत्ता पक्षका मुख्य सचेतकले राख्नुभएको विषयमा सभामुखबाट रुलिङको माग गर्नुभयो । राप्रपाका सचेतक खुश्बु ओलीले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीको पालना गर्न सत्ता पक्षलाई आग्रह गर्नुभयो ।

 श्रम संस्कृतिका सांसद ध्रुवराज राईले संयमित भएर सदनमा प्रस्तुत हुन आग्रह गर्दै विपक्षीको आवाज सुन्न आग्रह गर्नुभयो ।

विपक्षी दलले संसद्मा प्रधानमन्त्री शाहको उपस्थिति र उठेका विषयमा जवाफ दिन माग गर्दै आइएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.