आठ विश्वविद्यालयका उपकुलपतिका लागि योग्य दरखास्त स्वीकृत

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि परेका आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरिएको छ ।

“विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम उपकुलपति पदमा नाम सिफारिस गर्न प्रकाशित सूचनाअनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि योग्य दरखास्त स्वीकृत गरिएको हो ।

सिफारिस समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि कुल २१८ वटा आवेदन परेको थियो ।

ती आवेदनमध्ये कार्यविधिले तोकेको मापदण्डअनुसार विश्वविद्यालयगत रूपमा योग्य ठहरिएका व्यक्तिहरूको दरखास्त समितिको मिति २०८३ जेठ १३ गतेको निर्णयअनुसार स्वीकृत गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.