प्रतिनिधिसभा बैठकमा विपक्षीद्वारा नाराबाजी सहित बेल घेराउ

काठमाडौँ- प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि विपक्षीदलहरुले सदन विरोध जारी राखेका छन् । १५ मिनेट स्थगित पछि बसेको दोस्रो  बैठक सुरु हुने बित्तिकै विपक्षी दलले नाराबाजीसहित बेल घेराउ सुरु गरेका हुन ।

सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्नु भएको थियो । तर १५ मिनेटपछि बसेको बैठकमा पनि विपक्षीहरुले अवरोध जारी राखेका छन् । सभामुखले प्रस्ताव निर्णायार्थ पेश गर्नु भएको छ ।

प्रतिनिधिसभा नियमावलीको मस्यौदामा दर्ता भएका संशोधन प्रस्तावमाथि विषयगत समितिमा पठाएर थप छलफल गर्नुपर्ने माग विपक्षी दलहरूले गरेका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.