दैलेखको दुल्लुस्थित कालगौँडामा जीप दुर्घटना, ३ जनाको अबस्था अज्ञात, ५ जना सामान्य घाइते

काठमाडौँ- दैलेखको दुल्लु नगरपालिकास्थित मध्यपहाडी लोकमार्गको कालगौँडामा आज बोलेरो जीप दुर्घटना भएको छ ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप सडकबाट करिव २०० मिटर तल खसेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

जीपमा ८ जना यात्रु रहेका थिए । ती मध्ये ५ जनालाई सकुशल उद्दार गरिएको उहाँको भनाइ छ । प्रजिअ सारुका अनुसार अरु ३ जनाको अवस्था भने अज्ञात छ । उनीहरुको खोजी कार्य भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.