बर्षालागेसँगै रुवी भ्यालीका स्थानीयलाई आवतजावतकै चिन्ता

धादिङ- सडकको ट्रयाक खोल्न सुरु गरेको चार दशकभन्दा बढी समय बितिसक्दा पनि उत्तरी धादिङको रुवी भ्यालीमा सहज रुपमा यातायात सेवा पुग्न सकेको छैन ।
वर्षायाम सुरु भएसँगै सडकको अवस्था झन् खराब बनेपछि स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।
धादिङबेसीदेखि रुवी भ्याली गाउँपालिकाको तिप्लिङसम्म जोड्ने सडक वर्षेनी करिब पाँच महिनासम्म अवरुद्ध हुने गरेको सो क्षेत्रका स्थानीयको गुनासो छ ।
विभिन्न राजनीतिक दलले चुनावका बेला सडक स्तरोन्नति र बाह्रै महिना सवारी सञ्चालन हुने प्रतिबद्धता जनाए पनि अपेक्षित काम हुन नसकेको गुनासो स्थानीयको छ ।
सडकको विग्रदो दयनीय अवस्थाका कारण बिरामीलाई समयमै अस्पताल पुर्याउन समस्या हुने गरेको छ ,भने दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत प्रभावित बनेको छ ।
सवारी चालकहरूका अनुसार सामान्य अवस्थामा पाँचदेखि सात घण्टामा पूरा हुने धादिङबेसी-तिप्लिङ यात्रा वर्षायाममा तीनदेखि चार दिनसम्म लाग्ने गरेको छ ।
वर्षायाममा मालवाहक सवारी सञ्चालन हुन नसक्दा सामान ढुवानीका लागि खच्चडको प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय व्यापारीहरू बताउँछन। यसले ढुवानी लागतसमेत उल्लेख्य रूपमा बढाएको छ ।।
सडक सञ्जालसँग जोडाउन निर्माणको काम सुरु गरेको चार दशकभन्दा बढी समय बितिसक्दा पनि उत्तरी धादिङको रुवी भ्याली अझै सहज यातायात पहुँचबाट टाढै






प्रतिक्रिया राख्नुहोस्