काठमाडौँमा बढ्दो गर्मी

काठमाडौँ– पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा तापक्रम उल्लेख्य रूपमा बढेको छ।
असामान्य गर्मीका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित हुन थालेको छ भने सडक, बजार तथा सार्वजनिक स्थलहरूमा मानिसहरूको चहलपहल समेत घटेको देखिएको छ।
गर्मीबाट बच्न मानिसहरू छाता, टोपी, पानीका बोतल तथा चिसो पेय पदार्थको प्रयोग बढाइरहेका छन्।
सार्वजनिक धाराहरू, पार्क तथा छायाँयुक्त स्थानहरूमा विश्राम लिनेहरूको संख्या पनि बढेको देखिएको छ। गर्मी बढेसँगै आइसक्रिम, चिसो पेय पदार्थ तथा फलफूलको व्यापार समेत बढ्न थालेको व्यवसायीहरू बताउँछन्।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीका बेला पर्याप्त पानी पिउन, अनावश्यक रूपमा घाममा नहिँड्न र हल्का तथा आरामदायी कपडा लगाउन सुझाव दिएका छन्। गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने, थकान बढ्ने तथा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसमविद्हरूका अनुसार वर्षा नहुँदा र आकाश खुला रहँदा तापक्रम बढेको हो। आगामी दिनमा पनि तापक्रम उच्च रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
काठमाडौँका विभिन्न स्थानमा चर्को घामका बीच छाता ओढेर हिँडिरहेका सर्वसाधारण, चिसो पेय पदार्थको सहारा लिँदै गरेका नागरिक तथा गर्मीबाट बच्न छायाँ खोज्दै गरेका मानिसहरू। फोटो- अशोक कुमार बस्नेत /नेपालटिभी अनलाइन












प्रतिक्रिया राख्नुहोस्