सडकको सहज पहुँच नहुँदा रुबी भ्यालीका तरकारी गाउँमै कुहिन्छन्

धादिङ- उत्तरी धादिङको रुवी भ्यालीमा उत्पादन हुने आलुलगायत कृषिजन्य उत्पादन सहज सडकको अभावका कारण बजारसम्म पुग्न सकेको छैन । जसले गर्दा किसानहरू मर्कामा परेका छन्।

स्थानीयका अनुसार हरेक वर्ष उत्पादन भएको कृषि उपज खासगरी तरकारी खेर जाने अवस्था रहेको छ।

धादिङकै दुर्गम क्षेत्र मानिने रुवी भ्याली आलु उत्पादनका लागि निकै सम्भावनायुक्त क्षेत्र हो।

गाउँपालिकाको तथ्यांकअनुसार यहाँ हरेक वर्ष करिब ३० हजार टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ। तर सडकको दयनीय अवस्थाका कारण उत्पादन बजारसम्म पुर्याउन कठिन हुने गरेको किसानहरूको गुनासो छ।

रुवी भ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले सडक पूर्वाधारको अभाव र महँगो ढुवानी खर्चका कारण कृषकले उत्पादन बजारसम्म पुर्‍याउन नसकेको र पुगेकोले पनि उचित मूल्य पाउन नसकेको गुनासो गर्नुभयो।

उहाँले संघ र प्रदेश सरकारले समेत रुवी भ्यालीको विकासमा पर्याप्त ध्यान नदिएको दुखेसो गर्नुभयो।

तिप्लिङ, लापा, सेर्तुङ र बोराङ क्षेत्रलाई उर्वर कृषि भूमि मानिए पनि उत्पादित वस्तु बिक्रीका लागि बजारसम्म पुर्याउन नसक्दा किसान निराश बनेका छन्।

मानव विकास सूचकाङ्कमा समेत पछाडि रहेको रुवी भ्यालीको समग्र विकासका लागि राज्यले विशेष लगानी गर्नुपर्ने स्थानीयको माग छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.