एनटिभीकर्मी शिवानीलाई पति वियोग

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनकी बरिष्ठ समाचार सम्पादक शिवानी थापा बस्नेतलाई पति वियोग परेको छ ।

अंग्रेजी समाचार प्रस्तोता तथा वरिष्ठ समाचार सम्पादक शिवानीका श्रीमान पुकार बस्नेतको ४६ वर्षको उमेरमा आज निधन भएको हो ।

नेपाली सेनाका प्रमुख सेनानी रहनुभएका बस्नेतको उपचारका क्रममा काठमाण्डौँमा निधन भएको थियो ।

प्रमुख सेनानी बस्नेत २०५८ सालमा सहायक सेनानी दर्जाबाट नेपाली सेनामा सेवा प्रवेश गर्नुभएको थियो ।

उहाँको गंभीर संक्रमण सेप्सिस शकका कारण निधन भएको चिकित्सकहरुको भनाइ छ ।

स्वर्गीय बस्नेतको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।

त्यसवखत नेपाली सेनाको एक टुकडीले सम्मानसहित अन्तिम सलामी अर्पण गरेको थियो ।

उहाँको श्रीमती शिवानीसहित एक छोरा र आमा बुवा हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.