रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न
काठमाडौँ- बर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आज ललितपुरमा सम्पन्न भएको छ । गत वैशाख १८ गतेबाट सुरु भएको रथयात्राको अन्तिम दिन आज लगनखेलको थती टोलबाट रथ तानेर जावलाखेल पुर्याएसँगै यो रथयात्रा सम्पन्न भएको हो ।
बिशेषगरी यो जात्रामा काठमाण्डौँका पश्चिम भेगका कीर्तिपुर, मच्छेगाँउ, नैकाप, सतुंगल, पाँगा लगायत सात गाँउलेहरु आएर रथ तान्ने परम्परा रहेको छ ।
नेपालको सबैभन्दा लामो मानिएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याइएको तेस्रो दिन अर्थात असार ६ गते भोटो देखाउने जात्रा सम्पन्न भएपछि यस वर्षको मच्छिन्द्रनाथको सम्पूर्ण रथ जात्रा सम्पन्न हुनेछ ।।






प्रतिक्रिया राख्नुहोस्