महानिर्देशक अर्यालसहित पाँचजनालाई धरौटीमा छाड्न विशेषको आदेश

काठमाडौं –  विशेष अदालतले राहदानी भ्रष्ट्राचार प्रकरणमा मुद्दा चलाइएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित पाँचजनालाई धरौटी लिइ तारिखमा राख्न आदेश गरेको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार यस्तो आदेश गरेको हो ।

अदालतले आरोपित रहेका राहदानी विभागका महानिर्देशक अर्यालसँग पाँच लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग चार लाख, विभागका कर्मचारीहरू सोमेश थापासँग तीन लाख, विपीन प्रसाईंसँग तीन लाख र ठेकेदारको नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.