वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौँ, १७ असारः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेकोे अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समचारकक्षका अनुसार सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगरपालिका–८ की रामदास महर्जन र काठमाडौं महानगरपालिका–१५ निवासी सरिब गिरीलाई पक्राउ गरिएको हो ।

अभियुक्त वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै एकजनाबाट रु ५० हजार, ललितबहादुरले कोसोभो पठाइदिने भनेर रु दुई लाख ५० हजार, सन्तोषीले स्पेन पठाउने बहानामा एक जनाबाट रु १५ लाख, रामदासले युएईको रोजगारीको प्रलोभनमा सात जनाबाट रु ४५ लाख र सरिबले क्यानडाको लोभ देखाएर एक जनाबाट रु २० लाख ठगेका थिए ।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले विभिन्न स्थानबाट हालै पक्राउ गरेको हो । कारबाहीका लागि सबै अभियुक्तलाई
वैदेशिक रोजगार विभाग पुर्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.