बैतडीमा बस दुर्घटना: १७ जना घाइते

बैतडी- बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइेत भएका छन्

धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडी पाटन नगरपालिकागैराखानमा दुर्घटनामा परेको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवन तिमिल्सेनाले जानकारी दिनुभयो ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको पहिचान हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएका छन् । बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.