गोरखा बजारमा सडक स्तरोन्नतीको काम धमाधम

गोरखा- गोरखा सदरमुकाम भित्रको बिपी चोकदेखि मैदानसम्मको सडक स्तरोउन्नतीको काम भइरहेको छ । प्रदेश सरकार अन्तरर्गत रहेको पूर्वाधार बिकास कार्यालयले यो सडक स्तरोन्नतीको काम सुरु गरेको हो ।

गोरखा नगरपालिका-७ र ५ जोडने सडकको लागि करिव १ करोड १० लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो ।

सुजी निर्माण सेवा गोरखाले जिम्मा पाएको उक्त सडकको काम केही दिनमा सकिने जनाएको छ ।

सुजी निर्माण सेवाका प्रोपाईटर सुवास कुमार श्रेष्ठका अनुसार कार्यालयसँग यही जेठ ११ गते सम्झौता भए लगत्तै काम थालिएको र अबको २-३ दिन भित्रै काम सम्पन्न गर्ने  जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त मार्गमा करिब १ किलो ४०० मिटर पिच र २४७ घन मिटर मेशिनरी वाल रहेको छ ।

निर्माण कम्पनीले वालको काम सकेर अहिले कालोपत्रे गर्ने काम गरिरहेको छ । असार महिना भित्र सक्ने गरी काम थालिएको पनि कम्पनीका प्रोपाईटर श्रेष्ठले जानकारी दिनुभयो।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.