सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ-  सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महत्त्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले नेपाल र भारतबिचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको बताउनुभयो । उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाएको उहाँको भनाइ थियो ।

उहाँले नागरिक उड्डयन, रेल तथा बस सेवामार्फत कनेक्टिभिटी विस्तारले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्दै भविष्यमा थप उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.