रिडी-वामी सडक तल्ला फाँटमा अवरुद्ध

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका-५ तल्लो फाँटस्थित रिडी-वामी सडक खण्डमा रहेको ठाँडो गिरु खोलाको बहाव बढ्दा सडक कटान भएको छ ।

सडक कटानसँगै उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब ७:१५ बजे सडक कटान भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट इन्द्रेगौडाबाट प्रहरी वरिष्ठ हवल्दार गोरबहादुर एडीको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीका अनुसार निरन्तर वर्षाका कारण खोलाको बहाव बढेर सडक बगाएको हो ।

सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

सडक अवरुद्ध भएपछि यो मार्ग हुँदै यात्रा गर्ने सवारीसाधन र यात्रुलाई वैकल्पिक व्यवस्था अपनाउन तथा आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.