पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ बर्ष र गृहमन्त्री खाँडलाई २ बर्ष कैद

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड समेतलाई जिल्ला अदालत काठमान्डौले सजाय तोकेको छ ।
नक्कली शरणार्थीसम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइपछि जिल्ला अदालतले सजाय तोकेको हो । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी लाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ । पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो ।
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिबाना तोकिएको छ भने भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना निर्धारण भएको छ । अन्य दोषीलाई पनि कसुरको मात्रा हेरी फरक फरक सजाय निर्धारण गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्