काठमाडौँमा पानी परेसँगै केही सडक र बस्ती जलमग्न

काठमाडौँ- काठमाडौँमा परेको पानीसँगै केही सडक र बस्तीहरु जलमग्न भएका छन ।

उपत्यकाभित्र पछिल्लो तीन घण्टामा सबैभन्द धेरै बबरमहल क्षेत्रमा ४९ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ।

मौसमविद् अनुसार पछिल्लो एक घण्टामा उपत्यकाको पूर्वी भूभाग सुन्दरीजलमा २१ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौँको माइतीघर मण्डला, न्यू प्लाजा तथा अनामनगर क्षेत्र पानीले जलमग्न भएपछि आवतजावतमा समेत समस्या परेको थियो ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको विभिन्न क्षेत्रमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौँ, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन अलि बढी सक्रिय देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.