व्यावसायी एवम् शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं –  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका व्यावसायी एवम् शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले एक सूचना मार्फत अग्रवाललाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा बुधवार अग्रवाललाई डिल्ली बजारबाट पक्राउ गरिएको जानकारी दिनु भएको छ  ।

प्रवक्ता जबराका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुर सम्बन्धी परेको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । अग्रवालालई पक्राउ गरि सीआईबीले अदालत उपस्थित गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.