प्रधानमन्त्री शाह र मधेस प्रदेशका सांसदहरुबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरूसँग छलफल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा सांसदहरू रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत सांसद उपस्थित हुनुहुन्छ ।

प्रधानमन्त्री शाहले यसअघि आजै मधेस केन्द्रित दलका नेताहरूसँग पनि छलफल गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.