बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँको राजीनामा

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नु भएको छ ।

सरकार टिकाउन आवश्यक सांसदको समर्थन नपाउने अवस्था बनेपछि मुख्यमन्त्री बानियाँले आज दिउँसो १ बजे बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै आफ्नो एक वर्षे कार्यकालमा सरकारले गरेका काम तथा उपलब्धिबारे जानकारी गराउँदै राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

सम्बोधनका क्रममा बानियाँले आफ्नो नेतृत्वमा प्रदेश सरकारले गरेका विकास निर्माण, जनमुखी कार्यक्रम तथा प्रदेशको समग्र विकासका लागि अघि बढाइएका योजनाबारे प्रदेशसभालाई जानकारी गराउनुभयो ।

त्यसपछि सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिने घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री बानियाँले अब प्रदेश प्रमुखसमक्ष पुगेर औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गर्नुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.