असहमति राख्नुस्,तर महाधिवेशन रोकिँदैन: सभापति थापा

भोलि देउवालाई भेट्छु, यो हाम्रो परम्परा र हाम्रो घरभित्रको कुरा हो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया भोलिदेखि अघि बढ्ने स्पष्ट पार्दै महाधिवेशन रोक्ने वा अलमल्याउने छुट कसैलाई नभएको बताउनु भएको छ ।

सभापति थापाले असोज १६ गते महाधिवेशन हुने मिति यथावत् रहेको भन्दै निर्धारित समयमै प्रक्रिया अघि बढ्ने बताउनु हुँदै पार्टीभित्र राजनीतिक असहमति राख्न सबैलाई छुट भए पनि महाधिवेशन प्रक्रियामा रोक्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नु भयो ।

‘तपाईंहरूले राजनीतिक असहमति राख्न पाउनुहुन्छ । अधिवेशनमा आउनुस्, मलाई हराइदिनुस् । तर अधिवेशनको प्रक्रियामा भाग लिन्नँ, रोक्दिन्छु भन्न पाउनुहुन्न,’ थापाले भन्नुभयो।

सभापति थापाले वडा, क्षेत्र र जिल्ला तहका सभापतिहरूलाई महाधिवेशन प्रक्रिया अघि बढाउन सहयोग गर्न आग्रह गर्दै कसैले प्रक्रिया रोक्न खोजे अर्को व्यक्तिले जिम्मेवारी लिएर अघि बढ्नुपर्ने बताउनु भयो ।

थापाको भनाइले कांग्रेसभित्र देखिएको संस्थापन र इतर समूहबीचको विवादका बीच महाधिवेशन प्रक्रियालाई कुनै पनि हालतमा प्रभावित हुन नदिने  रणनीति स्पष्ट पारेको छ ।

यसैबीच, संस्थापन इतर समूहले गरेको राष्ट्रिय भेलामा विभिन्न तहका नेता सहभागी भएको र संस्थापन पक्षका केही नेता पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न गएको विषयलाई पनि थापाले सामान्य रूपमा लिन आग्रह गरेका गर्नु भएको छ ।

 आफू पनि पूर्वसभापति देउवालाई भोलि भेट्न जाने बताउनु हुँदै  सभापति थापाले भन्नुभयो ‘म पनि जान्छु । भोलि जान्छु । गएर भेट्छु । यो त हाम्रो पार्टीको परम्परा हो । हाम्रो घरभित्रको कुरा हो,।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.