उद्योगमन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको अवलोकन

हेटौँडा- उद्योगमन्त्री गौरी यादवले परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको आज बिहान अवलोकन गर्नुभएको छ।

उद्योगको अवस्थाबारे जानकारी लिन मन्त्री यादव बिहानै हेटौँडा कपडा उद्योग पुग्नुभएको थियो। उहाँलाई नेपाली सेनाका अधिकारीहरूले उद्योगको पछिल्लो अवस्था, सञ्चालनको प्रगति तथा परीक्षण उत्पादनका विषयमा जानकारी गराउनुभएको थियो।

अवलोकनका क्रममा मन्त्री यादवले उद्योग सञ्चालनको अवस्था, उत्पादन क्षमता तथा आगामी योजनाबारे समेत जानकारी लिनुभएको थियो।

सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रयासस्वरूप परीक्षण उत्पादन अघि बढाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.