राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ।

बिहीबार प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौँ फर्किनुभएका प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिनुभएका टोलीसँग प्रत्यक्ष जानकारी लिनुभएको  छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी दिनुभएको छ।

उहाँका अनुसार सरकारको पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु रहेको बताउनु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.