रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन,सेनाको उद्धार टोली फर्कियो

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीमा कोही पनि फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका भएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धारकर्मी खोजीमा खटिएका थिए।

टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत उडाई विस्तृत खोजी गरेको थियो। तर, सुरुङभित्र मानवीय उपस्थिति फेला नपरेको उद्धार टोलीले जनाएको प्रधानमन्त्रीको कार्यालयले जनाएको  छ।

सुरुङभित्र कुनै पनि मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरिएको हो। त्यसपछि नेपाली सेनाको टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको छ।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, सुरुङबाट फर्कियो सेना

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.