३० टनभन्दा बढी खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौं –  ३० टनभन्दा बढी खाना बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको छ ।

विश्व खाद्य कार्यक्रम (WFP) बाट मात्रै २९ टन खाद्य सामग्री पठाइएको छ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइएको हो ।

सो खाद्यान्न सवारीसाधन मार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको हो।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको हो।

कृषि मन्त्री गिता चौधरीले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई प्राथमिकता दिनु भएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.