बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

काठमाडौँ -भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरुमा भइरहेको खोज तथा उद्धारको प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी लिनु भएको छ ।

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गर्नुभएको हो । उहाँहरुले बाढीबाट प्रभावित हरेक जलविद्युत आयोजना र सुरुङमार्गमा चलिरहेको अपडेट लिनुभएको छ । उद्धार अभियानबारे जानकारी लिँदै मन्त्रीद्वय श्रेष्ठ र लम्सालले आगामी रणनीतिबारे छलफल गर्नुभएको छ ।

ब्रिफिङमा प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह पनि सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.