क्षतिपूर्ति मूल्याङ्कन समितिमा प्रतिनिधित्व सुनिश्चित गर्न व्यवसायीको आग्रह

काठमाडौँ – रसुवाको टिमुरे क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट ठूलो संख्यामा ट्रक, चालक तथा सहचालक बेपत्ता भएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले क्षतिपूर्ति मूल्याङ्कनका लागि सरकारले गठन गरेको क्षतिपूर्ति मूल्याङ्कन  समितिमा आफूहरूलाई पनि समेट्न आग्रह गरेका छन् ।

महासंघले पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई पत्र बुझाउँदै बाढी प्रभावित यातायात व्यवसायी तथा मजदुरको यथार्थ क्षति मूल्याङ्कन र उचित क्षतिपूर्तिको आधार तय गर्न समितिमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेका हुन ।

मन्त्रालयले यसअघि नै यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ। महासंघका अनुसार बाढीमा ५ सयभन्दा बढी ट्रक बगेका छन् भने करिब ६ सय चालक तथा सहचालक बेपत्ता भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.