नीतिगत तथा प्रविधिमा सुधार तथा समावेशिता र पहुँच विस्तार एकिकरणपछिको उपलब्धि

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण नेपालले दोश्रो बार्षिकोत्सव मनाएको छ । वि.सं २०८१ कात्तिक २३ गतेबाट कार्यान्वयनमा आएको सार्वजनिक सेवा प्रसारणले आज दोश्रो बार्षिकोत्सव मनाएको हो ।
नेपालकै पहिलो र लामो इतिहास बोकेका दुइवटा प्रसारण संस्थाहरु रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै ऐन मार्फत सार्वजनिक सेवा प्रसारणका रुपमा सञ्चालनमा आएको आज दुइबर्ष पुरा भएको छ ।
दोश्रो बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले राष्ट्रिय हित, सम्बृद्धि र जनताप्रतिको उत्तरदायित्व पूरा गर्नु संस्थाको प्रमुख कर्तव्य भएको वताउनुभयो ।
कार्यवाहक अध्यक्ष बस्न्यातले सञ्चालनको दुइ बर्षमा नीतिगत तथा प्रविधिमा सुधार तथा समावेशिता र पहुँच विस्तार जस्ता महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।
साथै उहाँले ऐनको मर्म अनुसारको कर्मचारी नियमावली संस्थागत सुदृढीकरण लगायतको काम पनि भइरहेको उल्लेख गर्दै संस्थालाई अझै बढी विश्वसनीय र प्रभावकारी बनाउन सबै मिलेर काम गर्नुपर्ने पनि वताउनुभयो ।
कार्यक्रममा संचालक समिति सदस्य सोविता रिसालले संगठन संरचनागत सुधार तथा नियम र विनियम निर्माणको काम भैरहको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण नेपाल वास्तविक अवाजविहीन नागरिककोहरुको आवाज बन्नुपर्ने वताउनुभयो ।
कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले दुइ बर्षमा भएका उपलब्धिलाई संस्थागत गर्दै यसका चूनौतिलाई अवसरमा बदलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले केही नीतिगत चुनौतीका बीच पनि विश्वसनीय, तथ्यपरक र गुणस्तरीय सामाग्री उत्पादन तथा प्रसारण गर्नु सार्वजनिक सेवा प्रसारणको प्रमुख दायित्व भएको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा नायव महाप्रवन्धक राजकुमार थापाले संस्था वलियो भएमात्रै संस्थामा कार्यारत कर्मचारीहरुको भविष्य सुनिश्चित हुने वताउनुभयो ।
उहाँले सार्वजनिक सेवा प्रसारणमा आवद्ध दुबै संस्था स्थापित संस्था भएकाले यसलाई अझै उचाइमा पुर्याउन सबैको एकताबद्ध प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
यसैवीच, नेपालको पहुँच अन्तराष्ट्रिय स्तरमा बृद्धि गर्न र नेपालको विषयवस्तुमा नेपालको आफ्नै दृष्टिकोण प्रस्तुत गरी आफ्नो पहिचान विश्वमा पुर्याउन सार्वजनिक सेवा प्रसारण नेपालको छैटौँ च्यानलको रुपमा २०८२ कार्तिक २३ मा शुरु भएको एनटीभी वर्ल्डले प्रथम बार्षिकोत्सव मनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्