पर्वतमा दम्पतीको हत्या

म्याग्दी – पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराती एक दम्पतीको हत्या भएको छ ।
गएराती अज्ञात समूहले  ६८ वर्षीय सुर्यबहादुर जिसि र उहाँकी श्रीमती अन्दाजी ६५ वर्षीय  गमला जिसिको हत्या भएको हो ।
घर भित्र सुतिरहेको अबस्थामा गएराती जिसि दम्पतीकाे हत्या भएको र आज बिहान घरभित्र नै मृत्त अबस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसिले जानकारी दिनुभयो ।

वडा अध्यक्ष जिसिका अनुसार जिसि दम्पती मात्रै घरमा बस्दै आउनु भएको थियो ।
घटनाको जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यालय पर्वतको घटना स्थल पुगेको छ। बाँकी विवरण र अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.