सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन अध्यक्ष श्रेष्ठको सासंदलाइ निर्देशन

कैलाली- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिनु भएको छ । पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उहँले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिनु भएको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भोली विश्वासको मत लिँदै हुनुहुन्छ । हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् । अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गर्नुभएको छ ।
यसैवीच नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गर्नुभएको छ । उहाँले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाउनु भएको हो । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिनुभयो ।
रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाउनुभएको थियो । त्यस लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिनुभयो । तर नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् । गिरी कृषि राज्यमन्त्री हुनुहुन्छ । श्रेष्ठले सरकारमा सहभागी अन्य नेताहरूलाई भने कारबाही गर्नुभएको छैन । उनीहरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । नाउपाका ७ प्रदेश सांसदमध्ये गिरी र टीका थापा मात्र समानुपातिक हुनुहुन्छ । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.