७७ लाख मूल्य बराबारको अवैध कपडा र मोवाइल बरामद

मकवानपुर- मकवानपुर प्रहरीले भन्सार छलि गरेर ल्याउँदै गरेको अवस्थामा ७७ लाख मूल्य बराबारको अवैध कपडा र मोवाइल बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा उक्त मूल्य बराबरका समान बरामत गरेको हो ।

लोथरबाट हेटौडा आउँदै गरेको बागमती प्रदेश बिएडी ४३७० नम्वरको गाडीलाई मनहरी गाउँपालिका वडा नं. ७ मा चेकजाँच गर्ने क्रममा भन्सार छलि ल्याइएका, बिलबिजक नभएका साडी, कुर्तासुरुवाल, टि सर्ट, पाईन्ट, जुत्ता लगायतका २ हजार ७ सय ४४ थान लत्ताकपडा र बिभिन्न कम्पनीका ८२ थान मोबाईल सेट बरामत गरेको जिल्ल प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

बरामत गरिएका मालसमानहरु सहित उदयपुर त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने बर्ष २८ का चालक राजकुमार चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार ती सामान पर्साको ठोरी नाकाबाट भित्राइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.