सुदूरपश्चिम प्रदेशमा बहुमतीय सरकार गठनका लागि आव्हान

कैलाली- सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दलहरुलाई आव्हान गर्नुभएको छ ।
प्रदेश सभामा रहेका दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुख नजिर मियाँले आव्हान गर्नुभएको हो ।
प्रमुख मियाँले बहुमतीय सरकार गठनको लागि यही बैशाख २ गते बेलुकी ५ बजेसम्मको समयसीमा तोक्नुभएको छ ।
हिजो मात्र मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि सुदूरपश्चिम प्रदेशमा नयाँ सरकारको प्रकृया अघि बढेको हो ।।







प्रतिक्रिया राख्नुहोस्