नेपाल टेलिभिजनसँग गैंडाकोट नगरपालिकाको साझेदारी

काठमाडौँ- नयाँ वर्षको अवसरमा नेपाल टेलिभिजनले गर्ने शुभारम्भ साँझमा नवलपुरको गैडाकोट नगरपालिकाले साझेदारी गर्ने भएको छ । टेलिभिजनले हरेक बर्ष गर्दै आएको एनटिभी शुभाराम्भ साँझ यस पटक नारायणी नदी किनारबाट गर्दैछ ।

एनटिभी नयाँ बर्ष शुभारम्भ साँझ कार्यक्रम आयोजनाका लागि गैडाकोट नगरपालिकाले साझेदारी गर्ने सम्झौता पत्रमा गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी र नेपाल टेलिभिजन विज्ञापन शाखा प्रमुख सुरेन्द्र बहादुर बस्नेतले आज हस्ताक्षर गर्नुभयो ।

नगरपालिका अन्तर्गत रहेका कला, संस्कृति, कृषि,पर्यटनजस्ता विषयको प्रचार प्रसार गर्न लागि पनि गैंडाकोट नगरपालिकाले नेपाल टेलिभिजनसँग साझेदारी गरेको जनाएको छ ।

शुभारम्भ साँझ कार्यक्रम यही चैत ३० गते राति ९.३० बजेदेखि सुरु र नेपाल टेलिभिजनका च्यानलहरुका साथै नेपाल टेलिभिजन अनलाइन पोर्टल नेपालटिभी अनलाइनबाट समेत प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको संयोजन नेपाल टेलिभिजन कर्मचारी युनियनले गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.