मुख्यमन्त्री अधिकारीको नियुक्ति बदरको मागगर्दै काँग्रेस नेता पाण्डेद्वारा रिट दर्ता
काठमाडौँ- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै काँग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको छ ।
प्रदेश प्रमुख डिल्लिराज भट्टले सभामुखको समर्थनमा एमाले संसदीय दलका अधिकारीलाई मुख्यमन्त्री नियुक्ति गर्नु सरकार गठनमा संख्या पुर्याउन सभामुखलाई गणना गर्नु असंवैधानिक रहेको भन्दै उत्प्रेषण बदर गर्नुपर्ने र संविधानको धारा १६८ उपधार ३ अनुसार आफुलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको माग गर्दै काँग्रेस नेता पाण्डेले अदालतमा रिट दायर गर्नु भएको हो ।
रिट माथिको पेशी २८ गतेका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्