उपनिर्वाचन:उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न प्रदान
इलाममा १९ जना र बझाङमा ११ जनाको उम्मेदवारी कायम
काठमाडौँ – निर्वाचन आयोगले उप निर्वाचन मनोनय दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरेको छ ।
आयोगका अनुसार इलाममा राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकोमा स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिनुभएकोले बाँकी १९ जनाको अन्तिम नामावलीप्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ।
त्यसैगरी बझाङ जिल्ला प्रदेश सभा सदस्य उपनिर्वाचनका राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिनुभएकोले बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ।
आयोगले बैशाख १५ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहकोले मतदान कार्यमा सहभागी भै आफ्नो मताधिकार प्रयोग गर्न आयोगसम्बन्धित सबै मतदाताहरूमा आह्वान गर्दछ।
प्रतिक्रिया राख्नुहोस्