इलाममा एमाले उम्मेदवार सुहाङको अग्रता कायमै
काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।
हालसम्म प्राप्त मतपरिणामअनुसार कूल ३५ हजार ६ सय ११ मतगणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १६ हजार ६ सय १९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५ सय ५७ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले आठ हजार ८ सय २५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले दुई हजार ६ सय ४५ मत प्राप्त गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राईले दुई सय ३२३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले १२० मत प्राप्त गर्नुभएको छ ।
कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।
प्रतिक्रिया राख्नुहोस्