शंकरदास बैरागी मुख्यसचिव नियुक्त, डा. खतिवडा र रेग्मी राजदूतमा सिफारिस

काठमाडौं– सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले बैरागीलाई मुख्यसचिव नियुक्त गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको छ ।

यसैगरी, सरकारले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस गरिएको पनि मन्त्री तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.