कान्तिलोकपथ सडकखण्डमा कार दुर्घटना, तीन जना गम्भिर घाइते

हेटौंडा- मकवानपुरको बकैया गाउपालिकामा १२ चौतारा कान्तिलोकपथ सडकखण्डमा कार दुर्घटना हुँदा तीन जना गम्भिर घाइते भएका छ्न ।
ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग३च ९४७५ नम्बरको टाटा कार बिहान ७:३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
कार अनियन्त्रित भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको छ । दुर्घटना बाट तीन जना पुरुष लाई अचेत अबस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल लेराउदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाईते हुनेहरुमा बारा निजगढ नगरपालिका ६ बस्ने अन्दाजी बर्ष ३० का सन्दिप शाह, रौतहट मौलापुर नगरपालिकाका विबेक शाह र टाउको र मकवानपुर भिमफेदी ८ बस्ने बर्ष ६५ का प्रेम बहादुर ब्लोन रहेका छ्न । तीनै जनाको अवस्था गम्भिर रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्