संसदीय छानविन समितिको कार्यादेश टुंग्याउन कसरत जारी

काठमाडौँ- संसदीय छानविन समितिको कार्यादेश टुङ्याउन बसेको कार्यदलको बैठक अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अहिले पनि जारी छ ।

संसदीय समितिको कार्यादेश टीओआर टुंगो लगाउन विहानैदेखि कार्यदलको बैठक बसेको थियो ।

कार्यदलको संयोजन सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नु भएको छ भने कांग्रेसको तर्फबाट सहमहामन्त्री जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की , एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद शिशिर खनाल बैठकमा सहभागी हुनुहुन्छ ।

प्रतिनिधि सभाको बैठक अगाडि नै कार्यादेश टुङ्गाउने योजना भएपनि अझै सहमति बनेको छैन ।

बैठक लम्बिँदा प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्धारित वैठक पछाडि धकेलिएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.