काँग्रेसको अबरोधकाबीच प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अबरोधका बीच प्रधानमन्त्रीले आज विश्वासको मत लिनुभएको हो । आजको मतदान काँग्रेसका सांसदहरुको नाराबाजीकाबिच भएको थियो ।
काँग्रेसले नाराबाजी गरेपनि विश्वासको मत माग्ने प्रस्तावमा मतदान भएको थियो । मत विभाजन हुँदा प्रधानमन्त्रीलाई १ सय ५७ मत प्राप्त भएको थियो भने विपक्षमा शुन्य मत परेको थियो । म मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।
विश्वासको मत प्राप्त गरेसँगै प्रतिनिधि सभाको बैठक भोलि विहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।






प्रतिक्रिया राख्नुहोस्