कागेश्वरी मनहरा घटनाः मृतक कृष्णका छोरा रिचेन घाइते अवस्थामा फेला

काठमाडौँ- काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा आज बिहान मृत भटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोरा चिरेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन् ।

मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटीमा काटिएको घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा चिरेनलाई हिजो चोभारचाल्ना खेलमा आत्महत्याको प्रयास गर्दा प्रहरीको ‘क्युआरटी’ टोलीले उद्धार गरेको खुलेको छ ।”

उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त बौद्धबाट अनुसन्धान सुरु भएको प्रवक्ता अधिकारीले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.