प्रधानमन्त्री सहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक (सूची सहित)

काठमाडौँ- प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहित सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

गत जेठ चार गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर रहेको उल्लेख छ । उक्त घर र जग्गा स्वर्गीय पत्नी सीता दहालकको नाममा रहेको र पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसै गरी भरतपुर महानगरपालिकामा १२ मा स्वर्गीय दाहालको नाममा घर सहित १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ  । प्रधानमन्त्रीसँग ५ तोला सुन र प्रतिनिधि सभा सदस्यको हैसियतामा २५ लाख रुपैयाँ एभरेष्ट बैंकमा मौदात रहेको विवरणमा उल्लेख गरिएको छ ।

यसै गरी सरकारका  उपप्रधानमन्त्री एवम  मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ ।

कुन मन्त्रीको कति सम्पत्ति ? हेर्न सम्पत्ति विवरण सूचीमा क्लिक गर्नुहोस । सम्पत्ति विवरण सूची 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.