राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त हुनु भएको छ। बैंकले आज एक सूचना प्रकाशन गर्दै खनाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको हो ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

खनाल चार्टर्ड एकाउन्टेन्टसमेत हुनुहुन्छ।

सीईओका लागि १९ जनाले आवेदन दिएका थिए ।

१९ जनाबाट ५ जना अन्तर्वार्ताका लागि छानिएका थिए ।

अन्तर्वार्तामा छनौट भएका ५ जनामा खनालसहित, कृष्ण बहादुर अधिकारी, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए ।

यसअघि किरणकुमार श्रेष्ठ चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएपछि राष्ट्रिय बाणिज्य बैंकले नयाँ सिईओको नियुक्ति प्रकृया अघि बढाएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.